नग्न फोटो सुट गर्ने ‘पोर्नस्टार’ कञ्चनपुरबाट पक्राउ




महेन्द्रनगर । नग्न फोटो सुट गराएर पोर्नस्टारको अभ्यास गर्ने एक युवतीलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको छ ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित भाँसी घर भएकी कक्षा १० मा पढ्ने अर्चना पनेरुलाई सामाजिक सञ्जालबाट नग्न तस्वीर सार्वजनिक गरी समाजमा अश्लीलता फैलाउन खोजेको आरोपमा प्रहरीले विहीबार पक्राउ गरेको हो ।
ती युवतीसँगै उनका आमाबुवालाई पनि प्रहरीले पक्राउ गरी सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुर प्रहरीको महिला सेल प्रमुख प्रहरी नायव निरीक्षक डम्मुकला कार्कीले सामाजिक सञ्जालबाट नग्न तस्वीर सार्वजनिक गरी समाज अश्लीलता फैलाउन खोजेको उजुरी परेपछि युवती र उनका अभिभावकलाई सोधपुछका लागि पक्राउ गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो-‘हाम्रो समाजले नपचाउने खालको फोटोहरु सार्वजनिक भएका छन्, स्थानीयहरुको उजुरीपछि पक्राउ गरी सोधपुछ गरिरहेका छौं, पहिलो पटक सम्झाई बुझाई गरेर छाड्छौं ।’ यस्ता फोटोले सामाजिक सद्भाव समेत विग्रिने, बलात्कारको घटना बढ्ने खतरा रहेको उहाँको भनाई छ ।
युवतीका बुवा भोजराज पनेरु र आमा सुनिता पनेरुले छोरीको इच्छा अनुसार नै नग्न फोटो सुट गरेको प्रहरीलाई वयान दिएका छन् । यस्तै, ती युवतीलाई लिटिलबुद्ध ऐकेडेमी स्कुलले अश्लीलता फैलाउने र समाजमा बदनाम गर्ने कार्य गरेको भन्दै विद्यालयबाट निष्काशित गरेको छ । - दैनिक नेपाल बाट सभार ;



भिडियो हेर्नलाई तलको विज्ञापनलाई हटाउनुहोस



Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment