चौबिस घण्टामा देश बिखण्डन हुने भयानक चेतावनी दिदै छन् – बाबुराम भट्टराई



‘नेपाल’ भनेको हिमाल, पहाड, तराईमा वसोवास गर्ने विविध वर्ग/जाति/लिंग/भाषा/धर्म/संस्कृति/पेशाका जनताको अनेकता वीचको एकताको सामुहिक अभिव्यक्ति/पहिचान हो।एउटा जाति/क्षेत्र/समुदायले मात्र आफुलाई ‘नेपाली’ र अरुलाई अनेपाली ठान्ने प्रवृत्तिले अखण्ड नेपाल कायम राख्न सक्दैन!
नेपाल मात्र अखण्ड हो र त्यसभित्रका अरु सबै इलाका संघीय ढाँचामा पुनर्संरचना हुनसक्छन् भन्ने विर्सेर वा वुझ पचाएर पुरानो राज्यले बनाएको आफ्नो चुनावी क्षेत्र/ जिल्ला/अंचल/विकास क्षेत्रलाई ‘अखण्ड’ राख्ने हठले पुर्खाले छोडेर गएको नेपालको अखण्डता धरापमा पर्दैछ!
सार्वभौम संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान छिटो जारी गर्नुपर्छ र कुनै पनि वहानामा यो संसलाई असफल पार्ने दुष्प्रयत्नलाई परास्त गर्नैपर्छ ! यसमा कुनै विवाद छैन र हुनुहुँदैन!
तर देशको अखण्डतामाथि आउन सक्ने अनिष्ठ रोक्न र धेरै भन्दा धेरै राजनीतिक शक्ति र समुदायको स्वामित्व/अपनत्व रहेको संविधान निर्माण गर्न २/४ दिन अघिपछि हुन्छ भने त्यसलाई कसैले पनि प्रतिष्ठाको विषय बनाइनुहुन्न!
खाशगरी पूर्वदेखि पश्चिमसम्मको तराई/ मधेसमा झण्डै एक महिनादेखि असन्तुष्टि र विग्रहको ज्वालामुखी पुत्पुताइरहेको र दिनहुँ मान्छेको ज्यान गुमेर स्थिति विष्फोटक बन्दै गएको अवस्थामा त्यसलाई संवोधन नगरी अघि बढ्ने हठ कसैले गर्नुहुँदैन!राजनीतिक समस्यालाई फौजी दमनले हल गरेको इतिहास कतै छैन!
त्यसैले आजै वार्तामा बस्ने वातावरण बनाऊँ! संवाद बाटै समाधान खोजौं! देशको अखण्डतालाई धरापमा नपारौं! २/४ दिन ढिलोछिटोले कुनै आकाश खस्दैन!! २६ भदौ २०७२

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment