![]() |
काठमाडौं, हालै मात्र गरिएको एक अनुसन्धानले सेक्स लाइफसंग जोडिएको एक रोचक कुराको जानकारी दिएको छ ।
अनुसन्धानकर्ताहरूले बताए अनुसार जसले कम शारीरिक सम्बन्ध राख्दछन, उनीहरू अपेक्षाकृत धेरै लामो समयसम्म बाच्दछन ।
फर्स्टपोस्टमा प्रकाशित एक खबरमा इजराइलको तले अभिभ यूनिभर्सिटी का अनुसन्धाकर्ताहरूले आफ् एक नयाँ अध्ययनको आधारमा यो कुराको खुलासा गरेका छन कि लामो जिवन बाँच्नका लागी कम शारीरिक सम्बन्ध र शाकाहारी भोजनले निकै महत्वपूर्ण भूमिका खेल्दछ ।
अनुसन्धानकर्ताहरूले १ लाख एक हजार १४ वटा रेपटाइल्समा गरेको अध्ययनबाट यो कुरा पत्ता लगाएका हुन । जसमा ६७२ छेपारो र ३३५ वटा सर्पहरूपनि रहेका थिए । उनीहरूले यस अध्ययनका क्रममा के पाए भने धेरै सम्बन्ध राख्ने, धेरै अण्डा दिने र धेरै प्रजनन गर्ने पशुहरूको जीवनकाल अपेक्षाकृत कम रहने गर्दछ ।
अनुसन्धानकर्ता शाइ मेरीका अनुसार, ”प्रजननले पोथी अत्याधिक तनावमा हुने सम्भावना हुन सक्दछन । प्रजननको अवस्थामा पोथी निकै शारीरिक तनावमा हुन्छन । यस अध्ययनमा उनीहरूले जो जीव छिटै सेक्सुअली म्येच्योर हुन्छन, उनीहरूको बुढ्यौली पनि छिटै आउने पाएका थिए ।
अनुसन्धानमा कम सम्बन्ध बनाउनु बाहेक शाकाहारी भोजन गरेर पनि उमेर बढ्ने गरेको पाइयो । शाकाहारी छेपाराहरू किराहरू खाने छेपारा तथा माउसुली भन्दा धेरै बाँच्ने गरेको पाइएको छ ।
बताइए अनुसार, प्रोटीनको सेवनले प्रजनन क्षमता बढाउँदछ र जीवनकाल भने कम गर्दछ र छिटै बुढ्यौली आउँदछ ।
यो अनुसन्धान ग्लोबल इकोलोजी एण्ड बायोजियोग्राफी जर्नलमा प्रकाशित गरिएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन हटाउनुहोस
![]() |
0 comments:
Post a Comment