अन्ततः ओलीको अडानले दिल्लीमा मोदीको घमण्ड चकनाचुर

फागुन । ६ दिने भारत भ्रमणका क्रममा फागुन ७ गते भारत गएका प्रधानमन्त्री केपी शर्मा ओली आज राति स्वदेश फर्किदैछन् । भारतमा रहँदा ओलीले नेपालको शीर ठाडो पार्न थुप्रै प्रयास गरेका छन् । जसमध्येको एउटा उनको चट्टानी अडान भएको बताइन्छ । भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपालमा बनेको नयाँ संविधानको स्वागत त गरे तर, ‘परन्तु’ भनेर असन्तुष्टि पनि जनाएका थिए । सांकेतिक रुपमा असहमति जनाएको विषयलाई धेरै खासै महत्व दिएनन् र धेरैले बुझेनन् । विश्वमा भ्रमणका बेला दुई देशका राष्ट्रप्रमुखबीच संयुक्त विज्ञप्ति निकाल्ने चलन पनि छ । यो विज्ञप्ति निकाल्न भारतले भित्रैदेखि चाँहेको थियो । र उक्त विज्ञप्तिमा भारतले संविधानमा असन्तुष्टि जनाउने संकेत दिइसकेको थियो ।

तर, प्रधानमन्त्री ओलीले नमानेपछि नेपाल र भारतको संयुक्त विज्ञप्ति नआउने भएको हो । संविधानको स्वागत नगरेसम्म विज्ञप्तिमा हस्ताक्षर नगर्ने अडान प्रधानमन्त्री ओलीले लिएपछि भारतको चाहना तुहिएको हो । दिल्लीमा रहेका पत्रकार ऋषि धमलाले अब संयुक्त विज्ञप्ति आउने सम्भावना नरहेको बताए । गत शनिबार हैदराबाद हाउसमा नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएपछि संयुक्त विज्ञप्तिको तयारी गरिएको थियो । तर, भारतले नेपालको नयाँ संविधानलाई स्वागत गरेको प्रष्ट रुपमा उल्लेख गर्न नचाहेपछिसहमति जुट्न सकेन । नेपालको अडान भने संविधानको स्वागत गर्नुपर्ने थियो । नेपालको अडानका भारत र मोदीको घमण्ड पनि तोडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भारत भ्रमण सकेर अहिले साँझ ८.१० मा काठमाडौं आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले पनि अब संयुक्त विज्ञप्ति आउने सम्भावना नरहेको बताए । उनले दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गरिसकेकाले संयुक्त विज्ञप्ति निकाल्नुपर्छ भन्ने नै नरहेको बताए ।
- See more at: http://www.biswokhabar.com/2016/02/blog-post_791.html#sthash.Kv1lz3NW.dpuf
Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment