gold

काठमाडौं । गाँस, बास, कपास मानव जीवनको अतिनै आवश्यक बस्तुका रुपमा लिइने गरिएको छ । र यो सँगै यी तीनमा अर्काे ‘यौन जीवन’ पनि थपिएको पछिल्ला वर्षमा भन्न थालिएको छ । यसलाई व्यवस्थित र अनुशासित गराउन नसकिए यसबाट यौन आनन्द भने लिन नकिने बताइन्छ । यौन आनन्द आफैँमा एउटा सुन्दर अनुभूति भएकाले केही कुरामा ध्यान पुर्याउनु पर्ने अनुसन्धानकर्ताहरुको सुझाव छ । उनीहरुका अनुसार यौन सम्पर्कका बेलामा केही कुरामा ध्यान दिन सकियो भने सेक्सलाई ‘ग्रेट सेक्स’ बनाउन सकिने छ ।
यौनको बढी भन्दा बढी आनन्द लिनका लागि केही सामान्य कुरामा ध्यान दिन आवश्यक रहेको ति अध्ययनहरुको ठम्याइ छ । ‘क्यानेडियन जर्नल अफ ह्युमेन सेक्सुवालिटी’मा प्रकाशित अनुसन्धानअनुसार ‘ग्रेट सेक्स’ का लागि यौनपार्टनरबीच मानसिक रुपमा तालमेलको आवश्यक रहेको छ । दुवैबीच संवादको समेत एकरुपता आवश्यक पर्ने र एक आपसमा आ–आफ्नो उपस्थिति दर्ज गराउनु ग्रेट सेक्सको अर्को सूत्र भएको अनुसन्धानमा उल्लेख छ ।
योनपार्टनर सँगै हुँदा हरेक क्षण पूर्ण रुपमा रमाइलो तरिकाले जिउने प्रयास गर्नु पर्न अध्ययनको सुझाव छ । दुबैले आफ्नो ऊर्जाको भरमग्दुर उपयोग गर्दै सम्बन्धको न्यानोपनलाई कायम राख्नु आवश्यक हुने उल्लेख  गरिएको छ । अन्तरंगता अर्को मुख्य सूत्र हो । अन्तरंगता यौन सम्बन्धका लागि उत्प्रेरक हुन्छ, जसले यौन उत्तेजनामा तीव्र वृद्धि गर्छ । यसले आपसमा आदर र सम्मानको भाव समेत जगाउने दावी गरेका ति अध्ययनहरुले सँगै एक–अर्काप्रति वास्तविक र स्वाभाविक यौन चाहना उत्पन्न हुने बताएका छन् । अनुसन्धानअनुसार यौन क्रियाका लागि एक–अर्कालाई शारीरिक रुपमा अनुभव गर्नु नै महत्वपूण हुँदैन ।
यौन क्रियाकलापमा जुट्नुअघि अतिरिक्त संवाद र एक–अर्काप्रति सहानुभूति राख्दा अझ राम्रो हुन्छ । संवाद बोली वा सांकेतिक रुपमा हुन सक्छ । सम्बन्धको सुमधुरता आवश्यक हुनुको साथै एक–अर्काप्रतिको समर्पण अझ महत्वपूर्ण कुरा हो । मानसिक र शारीरिक रुपमा तयार हुने जोडीहरुले अझ राम्रो यौनको अनुभव गर्छन् । उनीहरुले एकअर्कालाई आनन्द दिनेभन्दा पनि दुईटैले कसरी आनन्द लिन सकिन्छ भन्नेपटि सोच्नुपर्छ ।
अनुसन्धानले ‘स्वस्थ यौन’ एक प्रकारको ‘एडवेन्चर’ बताएको छ, जसलाई विवाहित दम्पत्ति, प्रेमजोडीले अनुभव गर्न सक्छन् । दुवैले एकअर्कालाई पूर्ण रुपमा सुम्पिनुपर्छ, जसले गर्दा अनुकुल तरिका र आसन अपनाएर साथीले दोहोरो यौन सन्तुष्टि सिर्जना गर्न सकोस् । यी तथ्य भनिएको अनुसनधनकर्ताहरले बिहे भएका ६० वर्षमुनिका जोडीहरुलाई अनुसन्धानमा सहभागी गराएका दावी गरेका छन् । अनुसन्धानमा भाग लिएका जोडीलाई भावनात्मक रुपले मुक्त गरिएको थियो । अनुसन्धानको समय यो देखियो कि जसले निःस्वार्थ रुपले अनुसन्धानमा भाग लिए उनीहरुमध्ये यौनको समय कुनै पनि सम्बन्ध तोड्नेजस्तो स्थिति उत्पन्न भएन । उनीहरुले अति आनन्ददायक यौनको अनुभव गरे ।
भिडियो हेर्नलाई तलको विज्ञापनलाई हटाउनुहोस

Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment