आजपनि नागरिक समाजको एक घण्टे धर्ना

मंसिर ३, २०७२- अखण्ड सुनसरी मोरङ सहितको प्रस्तावित प्रदेश नम्बर १ को माग गर्दै आज दोस्रो दिनपनि विराटनगरको नागरिक समाज, आठ दलका कार्यकर्ता, उद्योगी व्यववसायी, पेसाकर्मी, कानून व्यवसायी र विभिन्न ५३ वटा संघसस्थाका अगुवाले जिल्ला प्रशासन कार्यालय मोरङमा एक घण्टा धर्ना दिँदै छन् ।
अपरान्ह ३ देखि ४ बजेसम्म दिइने धर्नामा आठ राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताको पनि सहभागीता रहने नागरिक समाजका अगुवा टीकाराम पुरीले जनाए । यसअघि उनीहरुले बुधवार यहाँ बृहत र्‍याली निकालेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री, सभामुख सहित कांग्रेस सभापति र एमाओवादी अध्यक्षलाई ज्ञापनपत्र पठाएका थिए ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको मोरङ र सुनसरी जिल्लाको सीमा परिवर्तन गरी पहाडी बहुल क्षेत्रलाई पहाडमा र मधेसी बहुल क्षेत्रलाई मधेसमा मिलाउने सीमांकनको नयाँ प्रस्ताव सार्वजनिक भएलगत्तै मोरङ र सुनसरीमा नागरिक समाज पेसाकर्मी, बुद्धिजीबि, कानुन व्यवसायी र उद्योगी व्यवसायी बुधबारदेखि आन्दोलीत भएका हुन । उनीहरुको आन्दोलनलाई कांग्रेस, एमाले र एमाओवादी सहित विभिन्न आठ राजनीतिक दलले सघाएका छन् । 
समाजका अगुवा पुरीका अनुसार अखण्ड मोरङ र सुनसरी सहितको प्रस्तावित प्रदेश नम्बर १ को टुंगो नलागेसम्म दवाव मुलक कार्यक्रम जारी रहने छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment