म २६ वर्षीया महिला हुँ , २ महिनाको गर्भ छ , कति दिनसम्म यौनसम्पर्क गर्न मिल्छ ?

प्रश्नः म २६ वर्षीया महिला हुँ । मेरो विवाह भएको एक वर्षपछि सात महिनाको शिशु जन्मियो, तर उक्त शिशु बाँच्न सकेन । शिशुको मृत्यु भएको चार महिनापछि अहिले मेरो पेटमा २ महिनाको गर्भ छ । यो शिशुलाई राम्रोसँग जन्माउन के-के गर्नुपर्ला ? पहिलेको शिशु पेटमा आउँदा तल्लो पेट दुख्ने तथा योनि चिलाउँथ्यो र त्यो समस्या अहिले पनि उस्तै छ । गर्भ रहेको कति दिनसम्म यौनसम्पर्क गर्न मिल्छ ?पहिलो शिशु पेटमा आउँदा म अस्पतालमा गएको थिएँ । त्यतिबेला म बेलाबेलामा चिकित्सकबाट आफ्नो स्वास्थ्य जँचाएर औषधी खान्थें, तर अहिले भने चिकित्सकको परामर्शका लागि कतै गएकी छैन । 

नेपालमा औसत १ हजार जीवित जन्मिएका शिशुमध्ये ३३ जनाको मृत्यु २८ दिन नपुग्दै भैरहेको छ । धेरै संख्यामा नवशिशुको मृत्यु हुनुका केही प्रमुख कारण यस प्रकार छन् ः गर्भवती हुनुभन्दा पहिले नै महिलाको स्वास्थ्य कमजोर हुनु र पर्याप्त हेरचाह तथा से वा नपाउनु, दक्ष स्वास्थ्यकर्मीर्द्वारा सेवा नपाउनु, शिशु जन्मिँदा कम तौलको हुनु अनि उचित शिशु एवं सुत्केरी स्याहार समयमै उपलब्ध नहुनु वा पर्याप्त नहुनु । शिशु मृत्युका प्रत्यक्ष कारणलाई हेर्दा शिशुलाई संक्रमण हुनु, शिशु निसास्सिनु/जन्मने क्रममा चो टपटक लाग्नु, गर्भको अवधि नपुगी जन्मनु तथा चिसोले कठ्याङ्गि्रनु । तपाईंको हकमा उमेर नपुगेरै तपाईंको शिशुको मृत्यु भएको देखिन्छ, तपाईंले सुविधा सम्पन्न अस्पतालको सेवा लिनुभएको बुझिन्छ ।
यस्तो हुन नदिन विशेष गरेर गर्भावस्थामा विशेष ध्यान पुर्याखउनुपर्छ । नियमित परिक्षणका साथै पोषण तथा आरामको व्यवस्था हुनुपर्छ । दक्ष व्यक्तिबाट सुविधासम्पन्न स्वास्थ्य संस्थामा प्रसूति गराउनुपर्छ । सुत्केरी एवं शिशुको स्याहार राम्रोसँग गर्नुपर्छ ।
गर्भावस्थामा यौनसम्पर्क सम्पर्क राख्न हुन्छ ?
गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने कुरामा धेरै दम्पती चिन्ता गरिरहेका हुन्छन् । गर्भको शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वाभाविक पनि हो, तर यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनभने यस विषयमा  पहिले त सोध्न सकिँदैन अनि नसोधी कसैले राम्रोसँग भनिदिँदैन । चिकित्साक्षेत्रमा लागेका व्यक्तिलाई पनि यौनसम्बन्धी कुरा गर्न असजिलो लाग्ने भएकाले यसमा खुलस्त तथा पर्याप्त जानकारी दिइँदैन । त्यसैले उचित जानकारीबिना चासो र चिन्ता लिएर त्यसै  बस्नुपर्ने बाध्यता हामी नेपालीहरूमा छ ।
यौनसम्पर्कका बेलामा पाठेघरको मुखमा लिङ्गले धक्का पुर्याछउँदा वा महिलाले चरमसुख पाउँदा पाठेघर खुम्चने, गर्भस्थ शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिन गै संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले सम्पर्क नै गर्न अप्ठयारो हुने भएकाले त्यस्तो  सम्पर्क राख्नु त्यति उचित नभएको तर्क राखेका छन्, तर कतिपय चिकित्सकले यसमा खास वैज्ञानिक आधार नभएको बताएका छन् । मुख्य कुरा के हो भने स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न कुनै बन्देज छैन, अर्थात् आफ्ना यौन क्रियाकलापलाई सुचारु रूपमा  अघि बढाउन सकिन्छ । यस्तो सामान्य अवस्थामा महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर पुग्दैन । एकपल्ट विचार गर्नुहोस् त, कतिपय दम्पतीलाई पहिलो केही महिनासम्म त गर्भ रहे-नरहेको कुरा नै थाहा हुँदैन ।
गर्भावस्थामा यौनसम्पर्क राख्नुका फाइदा तथा बेफाइदा के-के छन् ?
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment