ज्योति बनिन् झनै हट



काठमाडौं । बाह्र वर्ष कुकुरको पुच्छार ढुँग्रोमा राखेर निकाले पनि त्यो बांगोको बांगै रहन्छ भने जस्तै बनेकी छिन् गायिका ज्योति मगर । उनको भड्किलो हाउभाउ र आवश्यक भन्दा छोटो लुगाको कारण पछिल्लो समय निकै विवादित बन्दै आउकी ज्योतिले जति नै विवादमा फसे पनि आफू नसुध्रिने छाँटकाँट देखाएकी छिन् । केही समयअघि हङकङमा आयोजित कार्यक्रममा उस्तै अश्लील हर्कत दोहोर्याएपछि आलोचित बनेकी ज्योतिले फेरि हालै मात्र हट फोटोसुट गराएकी छिन् ।

 एउटा अनलाइनको लागि खिचेको फोटोमा ज्योति झनै हट देखिएकी छिन् । होचो कदकी उनी झनै तौल पनि बढेपछि केही भद्धा देखिएकी छिन् । तर आवश्यकता भन्दा बढी खोलेर फोटो हेर्नेको मन अन्यत्रै मोडिदिने उदेश्यबाट अभिप्रेरित देखिन्छ उनका ती फोटोहरु । ज्योतिका एक निकटस्थ स्रोतले भने–यस्तै फोटो र हर्कतकै कारण विदेशमा भटाभट शोहरु पाउँन थालेपछि ज्योतिको माद झनै बढ्दै गएको छ । त्यसैले उनी सुध्रिन्छिन् कि भनेर बस्नुको कुनै अर्थ छैन । ज्योतिले यो कुरालाई आफैंले पनि पुष्टि गरिदिएकी छिन् ।शुक्रवारबाट प्रदर्शनमा आएको वडा नम्बर ६ ले पहिलो दिन बम्पर ओपनिङ गरेको छ ।

 काठमाण्डौंका सबै हलहरुमा शुक्रवार सबै शो हाउसफुलको ब्यापार गरेको यो चलचित्रले शनिवार पनि त्यसलाई दोहोर्याएको छ । झन यसबीचमा संविधान जारी हुने भएकोले आइतवार र सोमवार पनि सार्वजनिक विदा हुने भएपछि वडा नम्बर ६ का लागि अर्को बम्पर चिठ्ठा परेको छ ।  दर्शकको उत्साहजनक उपस्थिती र प्रतिकृयाले कलाकार र निर्माण टिम निकै खुसी देखिएको छ । ’छ एकान छ’ फिल्मले दिएको खुसी पुन फर्किएको उनीहरुको भनाइ छ । 

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment