मिडिया एनपी, काठमाडौं, १ असोज । सरकारले संविधान घोषणा गर्ने दिन आइतबा र सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको संविधान २०७२ घोषणा गर्ने दिन असोज १ गते आइतबार र त्यसको भोलिपल्ट सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
हालै भएका मधेश लगायतका स्थानमा भएको आन्दोलनमा ज्यान गुमाएका परिवारलाई जनही १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने पनि निर्णय गरेको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
0 comments:
Post a Comment