जसले खुकुरीको सहाराले तालिवानसंग एक्लै लडेर १ सय २० जनाको ज्यान बचाए

लण्डन । दुई वर्षअघि बेलायत सरकारबाट प्रतिष्ठित मिलिटरी क्रस सम्मान पाएका गोर्खा तुलचन गुरुंगले यो साता फेरि अर्को सम्मान पाएका छन । पन्ध्रौं वार्षिक एशिएन अचिभर्स अवार्डमा उनलाई युनिफम्र्ड एण्ड सिभिल सर्भिस अवार्डको सम्मान मिलेको हो । 

सन २०१३ मा अफगानिस्तानमा कार्यरत रहंदा दुई जना मेसिनगनधारी तालिबानसंग खुकुरीको सहाराले एक्लै लडेर १ सय २० जनाको ज्यान बचाएकोमा उनलाई मिलिटरी क्रस प्रदान गरिएको थियो । 

यहि अभूतपूर्व बहादुरी र साहसको कदर स्वरुप मिलिटरी क्रस पाएका गुरुंगलाई अहिले एशिएन अचिभर्स अवार्ड पनि दिइएको हो । 

बिहान करिब ४ बजेको समयमा गुरुंगको बेसतर्फ आउंदै गरेका दुई जना मेसिगनधारी तालिबानीसंग उनले बहादुरीका साथ एक्लै लडेका थिए । एउटा खुकुरीका सहाराले दुवै तालिबानलाई पराजित गर्दा उनको बेसमा रहेका १ सय २० जनाको ज्यान बचेको थियो ।

गुरुंगले उनीहरुलाई रोक्न नसकेको भए बेस क्याम्प नै उडाउने तालिबानको योजना थियो जसबाट त्यहांभित्रका सबैको ज्यान जान सक्थ्यो । यहि बहादुरीको कदर गर्दै उनलाई मिलिटरी क्रस प्रदान गरिएको थियो । 
सो घटनाको स्मरण गर्दै गुरुंगले भनेका छन, ''मलाई बाचौला जस्तो लागेकै थिएन । जब उनीहरुले एक ए ४७ बाट चलाएको गोलीे मेरो टाउकोमा लाग्यो, म एकछिन त बेहोस नै भए ।एकछिनपछि जसोतसो उठे र फेरि लड्न थाले । त्यसपछि पनि मेरै अगाडि फेरि ग्रिनेड पड्कियो । यसपटक त विष्फोटमा म पनि उडें जस्तो लागेको थियो, तर मुस्किलले बचे । त्यसपछि म संग भएको एउटा खुकुरीको सहाराले उनीहरुसंग लडे र अन्त्यमा हराएरै छाडें । आफुले जति नै ठूलो जोखिम मोरेरै भएपनि, घाइते भएर पनि बेसका सय जना भन्दा बढिलाई बचाउन सकेकोमा नै सन्तुष्टि मिलेको छ । पछि झन विभिन्न सम्मान पाएपछि त झन मैले सांच्चीकै राम्रो काम गरेछु जस्तो लाग्यो ।''

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस


Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment