मुटु दुखाउँने एउटा वियोगान्त प्रेम कहानी


काठमाडौं । एउटा जंगलको रुखमा गुड बनाएर एक जोडी चरा बसेका थिए । यो जोडी एक अर्का लाई अति माया गर्थे । चरी असाध्यै राम्री थिई । सँगै बसेर यो जोडि खुब प्रेमालाप गर्थे । एक दिन प्रेमालापकै सिलसिलामा चराले चरीलाई भन्छ :
चरा :  तिमी असाध्यै राम्री छौं । म बुढो हुन लागेँ, तिमीले कतै मलाई छाडेर त जान्नौ नी रानी ?
चरी :  म कतै जान खोजे छु भने तिमी मलाई छोप्नु नि त !
चरा :  छोप्न त छोपौला प्रिय, तर मन उडाइसकेकी तिमीलाई आफ्नै बशमा राख्न नसकुला की भन्ने पीर लाग्छ ।
आफ्नो श्रीमानको यस्तो कुरा सुनेपछि चरीले आँखाभरी आँसु बनाउँछे । रोक्न खोज्दा खोज्दै चरीले आँसु झार्छे । उसलाई असह्यै पीडा हुन्छ । त्यसपछि चरीले आफ्ना दुबै पखेटा काटिदिन्छे । र भन्छे अब म तिमीलाई छाडेर कतै जान्न । त्यस पछि पनि यो जोडि हाँसि खुशी बसिरहेकै हुँन्छ । चराले हरेक दिन चारा खोजेर ल्याउँछ र दुबै मिलेर खान्छन् ।
समयले कोल्टो फेर्छ :
एक दिन ठूलो हुरी बतास सहितको असिना पानी आउला जस्तो हुन्छ । चरीले भन्छे, ‘प्रिय तिम्रा त पखेटा छन् भाग यहाँबाट । कम्तिमा तिमी त बाँच्न सक्छौं ।’ त्यसपछि त्यो चराले चरीलाई आफ्नो ख्याल गर्नु है भनेर गुडबाट उडेर जान्छ । यता चरीलाई चराको त्यो व्यबहार देखेर मुटु चसक्क दुख्छ । उ निक्कै बेर रुन्छे ।
हुरी बतास सहितको पानी आउँ केहि समय पछि तुफान थामीयो । चरा फर्केर गुडमा आउँछ । चरी मरिसकेकी हुन्छे । चरीको मृत शरिरसँगै एउटा कागज फेला पर्छ । त्यो चराले खोलेर पढ्छ । कागजमा लेखिएको  थियो ‘तपाईले म तिमीलाई छाडेर जान सक्दिन मात्रै भन्दिनु भएको भए मैले हुरी आउँनु पहिल्यै मर्नु पर्दैनथ्यो ।’

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment