नेपथ्यले ल्यायो राष्ट्रियता बोकेको गीत ‘कसैले सोधे’ (भिडियो)

ताजा खबर, काठमाण्डौ। सांगीतिक समूह नेपथ्य बान्डको ‘मेरो देश’ एल्बममा समावेश ‘कसैले सोधे’ बोलको भिडियो सार्वजनिक भएको छ । भिडियोमा नेपथ्य टोलीका अगुवा एवं मुख्य गायक अमृत गुरुङ देखिएका छन् भने राष्ट्रियता झल्किएको यो गीतलाई नोरदेन रुम्बाले लेखेका हुन् ।



गीतमा अमृत गुरुङसँगै नेपथ्य बान्डको सम्पुर्ण टिमले आवाज दिएको छ । ‘आँखा छ हाम्रो तर देख्छ अरुले, कलम छ हाम्रो तर लेख्छ अरुले …’ जस्ता मर्मस्पर्शी भाव बोकेको यस गीतले देश देखी विदेशमा आयोजना हुने साँस्कृतिक कार्यक्रमको स्टेज तताउने सुरुमा नेपथ्य रहेको छ ।

निर्देशक तथा पत्रकार भुषण दाहालले निर्देशन गरेको यो भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् भने धिरजजंग शाहीले खिचेका हुन् ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment