भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
मुम्बाई, साउन ३१ (एजेन्सी) अक्षय कुमार र सिद्धार्थ मलहोत्रा अभिनित चलचित्र ‘ब्रदर्श’ यस वर्ष पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने दोस्रो चलचित्र बनेको छ ।धर्मा प्रोडक्सन र फक्स स्टार स्टुडियोद्वारा निर्माण गरिएको यस चलचित्रले पहिलो दिनमा १५.२० करोड भारतीय रुपैयाँको आम्दानी गर्न सफल भएको हो । यो चलचित्रले अक्षय कुमार अभिनित अन्य चलचित्रभन्दा पहिलो दिनमा सबैभन्दा बढी आम्दानी गरेको हो ।यससँगै सिद्धार्थ मलहोत्राको लगातार दुई चलचित्रले बक्स अफिसमा दुई अंकको ओपनिङ गर्न सफल भएको छ । यसअघि उनको एक भिलेनले पनि दोहोरो अंकमा कमाइ गरेको थियो ।ब्रदर्शले वरुण धवन र श्रद्धा कपुरको ‘एबिसीडी २’ लाई पछि पार्दै यस वर्ष पहिलो दिनमा सर्वाधिक कमाई गर्ने दोस्रो बलिवुड चलचित्र समेत बनेको छ । एबिसीडी २ ले पहिलो दिन १४.३ करोड भारतीय रुपैयाँ आम्दानी गरेको थियो ।यस सूचीमा सलमानको बजरंगी भाइजान २७.२५ करोड भारतीय रुपैयाँ सहित पहिलो स्थानमा रहेको छ ।ब्रदर्शमा अक्षय र सिद्धार्थको साथै ज्याकी श्रफ र ज्याकलिन फर्नान्डेजको मुख्य भूमिका रहेको छ ।
0 comments:
Post a Comment