police station caught fire

रौतहट, १४ भदौ– आन्दोलनकारी उग्र बनेपछि कर्फ्यु लगाइएको विरगञ्जमा आन्दोलनकारीले दुई प्रहरी चौकीमा आगजनी गरेका छन् । उनीहरुले कर्फ्यु तोडेर दुई प्रहरी चौकी र एक सवारी साधनमा आगजनी गरेका हुन् । 

आन्दोलनकारीले रानीघाट प्रहरी चौकी र अशोकबाटिका नजिक रहेको शिव पार्वती मन्दीर संसानघाट अस्थायी प्रहरी पोष्टमा आगजनी गरेका हुन्। रानीघाट प्रहरी चौकीलाई दिउँसो नै खाली गराइएपछि आगजनी आन्दोलनकारीले आगजनी गरेको बताइएको छ । 


यस्तै वीरगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि राखिएको पर्सा नापी कार्यालयको ना १ झ २७९ नम्वरको गाडीमा समेत प्रदर्शनकारीले आगजनी गरेका छन्। कर्फ्यू तोडेपछि प्रहरी र प्रर्दशनकारीबीच ठाउँ ठाउँमा झडप समेत भएका छन्।

मधेस समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेश मान सिंहको तेतृत्वमा रहेका बन्दकर्ताहरुले इलाका प्रहरी कार्यालय नगवाका लागि थप मद्धत गएको प्रहरी टोली माथि अन्धाधुन्द ढुंगामुढा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र रवर बुलेट प्रहार गरेको थियो।

प्रहरीले अश्रुग्यास फायर गरी भिडलाई तितरवितर गरेको प्रहरीले जनाएको छ।

सोमबार ४ बजेदेखि मंगलबार ६ बजेसम्म पूर्व पर्वानीपुर, पश्चिम ईनरवा, उत्तर गण्डक र दक्षिण सिरसिया भित्रको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment