काठमाडौं, २२ साउन - कुपन्डोलस्थित नाइटिंगेल स्कुलमा पढेका शौरभ ढुंगेलको एसएलसी परीक्षाको नतिजा सार्वजनिक हुँदा गणित विषयमा १५ नम्बरमात्र आयो।
सातवटा विषयमा उत्कृष्ट अंक ल्याए पनि गणितमा नसोचेको नतिजा आएपछि उनी ठूलो मानसिक तनावमा परे । उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने आशा गरेका विद्यार्थी अनुत्तीर्ण भएपछि स्कुल परिवार पनि रन्थनियो।
नतिजामा चित्त नबुझेपछि परीक्षा नियन्त्रण कार्यालयमा पुनर्योग (रिटोटलिङ) गरियो। पुनर्योगको नतिजा सार्वजनिक हुँदा गणितको प्राप्तांक ८५ आयो।ढुंगेलको मात्रै होइन, एसएलसीको पहिलो नतिजामा अनुत्तीर्ण भएका चार सय ४१ जना परीक्षार्थी पुनर्योगपछि उत्तीर्ण भएको अन्नपूर्ण पोस्टमा खबर छ।
परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक हेर्दा धेरै विद्यार्थीको नतिजा २१ बाट ९१ भएको छ। पहिलो नतिजामा आठ नम्बर आएका विद्यार्थीको दोस्रो नतिजामा ६४ भएको उदाहरण पनि थुप्रै छन्।
उत्तरपुस्तिका परीक्षकको लापरबाहीका कारण यस्ता धेरै विद्यार्थी एसएलसीमा अनुत्तीर्ण भएका कारण कक्षा ११ मा भर्ना हुनबाट वञ्चित भएका छन् किनभने मुलुकभरका सबै विद्यार्थीले पुनर्योगका लागि आवेदन दिन सकेनन्।

विद्यालय तहको १० वर्षको मेहनतको एकमुष्ठ उपलब्धिका रूपमा लिइने एसएलसीको उत्तरपुस्तिका परीक्षणमा लापरबाही गर्नेलाई के कारबाही हुन्छ भन्ने विषयमा स्पष्ट मापदण्ड छैन।
मनपरी गर्नेलाई कारबाही नहुँदा उत्तरपुस्तिका परीक्षणमा लापरबाही रोकिएको छैन। परीक्षकको लापरबाहीका कारण विद्यार्थी मानसिक तनाव बेहोर्न बाध्य छन्। पुनर्योग गरेपछि उत्तीर्ण भएका विद्यार्थीले बेहोर्नुपरेको मानसिक पीडा र लगानीको क्षतिपूर्तिका विषयमा सरोकारवालाले समेत चासो दिएका छैनन्।
नाइटिंगेल स्कुलका संस्थापक प्राचार्य तेजुलाल चौधरीले उत्तरपुस्तिका परीक्षणमा लापरबाही गर्नेलाई कडा कारबाहीको व्यवस्था नहुँदा विद्यार्थीले हैरानी बेहोर्नुपरेको बताए। ‘यो विद्यार्थीको भविष्यसँग जोडिएको विषय हो। हेर्दा सामान्य लागे पनि यसको पीडा कति हुन्छ भन्ने विषयमा लेखाजोखा नै गर्न सकिँदैन’, कांग्रेस सभासद्समेत रहेका चौधरीले भने, ‘यस विषयमा संसदीय समितिमा आवाज उठाउँछु।

0 comments:
Post a Comment