बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रुप्से खोलामा मोटरेबल पुल निर्माणमा ढिलाई हुँदा सवारी आवागमनयो लिन्क क्लिक गरेर सुझव दिनु होला प्रभावित

हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको दाना गाविस २ मा पर्ने रुप्से खोलामा मोटरेबल पुल निर्माणमा ढिलाई हुँदा सवारी आवागमन प्रभावित भएको छ । ठेकेदारले समयमै काम सम्पन्न नगरेकाले बर्खायाममा सवारी साधनहरु खोला तर्न नसकेपछि गाडी परिवर्तन गरेर यात्रा गर्र्नुपर्ने बाध्यता रहेको छ । 
खोलामा डुबेर गाडी र मोटरसाईकलको ईञ्जिन बिग्रीदाँ सवारी धनीहरुले लाखौको नोक्सानी ब्यहोर्नु परेको छ । रुप्से खोलामा मोरटेबल पुल निर्माणमा ढिलाई हुँदा बेनी जोमसोम सडकमा यात्रा गर्ने सर्वसाधारणहरुले निकै दुख र सास्ती ब्यहोर्नुपरेको छ । स्थानीयबासीका साथै मुस्ताङ भ्रमणमा जाने आउने पर्यटक र तिर्थयात्रीहरु पनि काठे पुलबाट खोला तर्ने गरेका छन् । 

५१ लाख रुपैया लागतमा २०७१ असार ५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको रुप्से खोला पुलको २०७२ असार सम्म दुईतर्फ पिलर ठड्याउने काम मात्र सम्पन्न भएको छ । ठेकेदारको ढिलासुस्तीले गर्दा समयमै काम सम्पन्न हुन नसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । १० मिटर लामो उक्त पुल निर्माण गर्न बिएन जागृती जेभीले ठेक्का पाएको थियो । रुप्से बाहेक बेनी जोमसोम सडकको महभिर, तातोपानी, डुवाडी, मुस्ताङको कोवाङ र तङसेरा खोलामा कल्र्भट तथा पुल निर्माण कार्य भने सम्पन्न भएको छ । 
Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment