मुम्बई । बलिउडमा आइटम गर्लको नामले चर्चित राखी सावन्तले पोर्न वेबसाइटमा प्रतिबन्ध लगाउने भारतीय सरकारको निर्णयलाई समर्थन गरेकी छिन् । एक अंग्रेजी समाचारपत्रमा कुराकानी गर्दै राखी सावन्तले पोर्नका साथै सन्नी लियोनलाई पनि प्रतिबन्ध गर्नुपर्ने माग राखेकी छिन् । राखी सावन्तले भनिन्, ‘जुन काम ठूला ठूला प्रधानमन्त्रीले गर्न सकेनन्, त्यो काम मोदीजीले गरेर देखाए । म मोदीजीलाई धन्यवाद भन्न चाहन्छु ।’
‘
हरेक स्कूलमा पोर्न वेबसाइट हेरिन्छ । ११ वर्षका बच्चाहरु स्कूलमा बसेर पोर्न हेर्छन् । बच्चालाई मोबाइल र ल्यापटप दिइन्छ । यही कारण उनीहरु बिग्रिरहेका छन्,’ राखी भन्छिन्, ‘पोर्नका साथै सन्नी लियोनलाई पनि भारतमा प्रतिबन्ध गर्नुपर्छ । उनलाई यहाँबाट घिसारेर बाहिर निकाल्न आवश्यक छ ।’

बलिउडमा सन्नी लियोनका कारण नै अंगप्रदर्शनको होडबाजी चलेको राखी बताउँछिन् । उनी भन्छिन्, ‘सन्नीका कारण नै अरु अभिनेत्रीहरले पनि अंगप्रर्दशन गर्नुपरिरहेको छ । ’
पोर्न प्रतिबन्ध गरेकोप्रति राखी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकै सन्तुष्ट देखिन्छिन् । उनी भन्छिन्, ‘जबसम्म म बाँचिरहन्छु, त्यतिबेलासम्म मोदीजी नै यो देशको प्रधानमन्त्री भइरहुन् भन्ने मेरो चाहना छ ।’
थुप्रै कलाकारले पोर्नमाथिको प्रतिबन्धमा आफ्नो असन्तुष्टि देखाएका छन् भने राखी भने यसको दिल खोलेर प्रशंसा गरिरहेकी छिन् ।
0 comments:
Post a Comment