यी हुन् कामदारलाई धेरै तलब दिने देशहरु, जहाँ एक महिनाको न्युनतम पाँच लाख पाइन्छ !

काठमाडौं, २० साउन । रोजगारीको अभावमा
दिनहुँ नेपाली युवाहरु विदेशिने गरेका छन् । नेपालको
पछिल्लो गन्तव्य खाडी मुलुकलाई मानिन्छ ।
प्रायजसो खाडी मुलुक नै जान्छन् । तरपनि वैदेशिक
रोजगारीमा जाँदा तलबलाई मुख्य रुपमा हेरिन्छ ।
नेपालीहरु कामभन्दा पनि ज्यालालाई बढी महत्व
दिन्छन् । बढी ज्याला भए जस्तोसुकै काम गर्नपनि
तयार हुन्छन् । तर, नेपालमा भएका रोजगारीमा पनि
ज्याला कमी हुँदा विदेश नै पुग्छन् काम गर्न नेपालीहरु

भर्खरै सार्वजनिक एक तथ्याङ्क अनुसार विश्वका
विकसित देशले मात्रै कामदारलाई उल्लेख्य मात्रामा
ज्याला दिने गरेको पाइएको छ । वर्ल्ड इकोनोमिक
फोरमले बनाएको विकसित देशहरुको तथ्याङ्कअनुसार
अष्ट्रेलिया तथा लग्जेम्बर्ग मुलुकहरुमा मजदुरको
ज्याला धेरै छ । त्यस्तै बेल्जियम, आयरल्याण्ड, फ्रान्स,
नेदरल्याण्डजस्ता मुलुकहरु पनि कामदारको ज्याला
उच्च भएको मुलुकहरुमा पर्दछ ।
यी देशहरुमा मजदुरले प्रतिघण्टा औसत ८ देखि १०
अमेरिकी डलर पाउँछन् । घण्टाको दरले हेर्ने हो भने यी
देशमा मासिक न्युनतम पाँच लाख नेपाली रुपैयाँ
कमाइ हुन्छ । त्यस्तै, सबैभन्दा कम ज्याला भएका
मुलुकहरुमा मेक्सिको, चिली, हंगेरी, चेक रिपब्लिक
लगायत मुलुकहरु छन् । नेपाल पनि सबैभन्दा कम ज्याला
दिने देशभित्रै पर्दछ ।
Share on Google Plus

About admin

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment