बलिउड डान्सर ‘स्लो मोशन किंग’ राघव जुवाल (क्रकरोज)को विशेष प्रस्तुती पोखरामा हुने भएको छ । एमनुज डान्स स्कुल पोखरा र थ्री ब्रदर्श ईन्टरटेनमेन्ट काठमाण्डौले उनलाई पोखरामा प्रस्तुतीको लागि ल्याउने भएको हो । भदौ पाँच गते स्कुलले आयोजना गरेको ‘डिस्ट्रिक्ट डान्स कम्पेटिसन’ राघव जुवाल विशेष आकर्षण हुने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । कार्यक्रम पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ ।
डान्स ईन्डिया डान्स सिजन थ्रीका फस्ट रनरअप राघव पछिल्लो क्रममा डान्सिङ थिमको बलिउड फिल्म ‘एबिसिडी २’को कारणले पनि चर्चित छन् । ‘नेपाली बालबालिका, युवापुस्ता र वृद्धवृद्धासम्म उनको फ्यानहरु छन् । विशेषगरि पोखरामा अझै बढि उनलाई रुचाईन्छ ।’ भदौ पाँच गते हुने विशेष नृत्य कार्यक्रमका संयोजक अमन तामाङले भने–‘उनलाई पोखराले साथ दिनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’
राघवसँगै कार्यक्रममा ईन्डियाज डान्सिङ सुपरस्टारका उत्कृष्ट १० फाईनलिस्ट सुशान्त खत्री पनि विशेष आकर्षण रहेको पत्रकार सम्मेलनमा जानकारी दिईयो । त्यस्तै गायिका रजिना रिमाल, कमेडी जोडि दिपकराज गिरी र दिपाश्री निरौलाको प्रस्तुती पनि कार्यक्रमको विशेष आकर्षणको रुपमा हामीले समावेश गरेका छौँ । आयोजक संस्था एम्नुज डान्स स्कुलको विशेष प्रस्तुती पनि कार्यक्रममा रहनेछ । चर्चित प्रस्तोता दिनेश डिसीले कार्यक्रमको होस्ट गर्नेछन् ।
भदौ पाँच गते डिस्ट्रिक्ट डान्स कम्पेटिसनको ग्राण्ड फिनाले समेत हुनेछ । काठमाण्डौ, पोखरा, चितवन र बुटवलबाट १८ जना प्रतिस्पर्धीहरु फिनालेका लागि भिड्दैछन् । ग्राण्ड फिनालेको दिनमा प्रत्येक प्रतियोगीहरुले १ मिनेट बराबरको डान्स पर्फमेन्स गर्नेछन् । र, निर्णायकहरुले उनीहरुले देखाएको नृत्यको आधारमा उत्कृष्ट चार छनौट गर्नेछन् । उत्कृष्ट चार अन्तिम फाईनलमा जाने आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रुपैयाँ नगद सहित बलिउड फिल्ममा काम गर्ने मौका, सर्टिफिकेट, गिफ्ट ह्याम्पर र ट्रफि प्राप्त गर्नेछन् । दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद सहित सर्टिफिकेट, गिफ्ट ह्याम्पर र ट्रफि प्राप्त गर्नेछन् ।
कार्यक्रम सम्पन्न गर्नको लागि १८ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । लाग्ने हामीले अनुमान लगाएका छौँ । द ईभालुसन मेटल जोन र फच्र्यून ईभेन्ट म्यानेजमेन्टले हामीलाई कार्यक्रममा विशेष सहयोग गरेका छन् ।
0 comments:
Post a Comment