रुपन्देही साउन २६ - दिनभरी खेती पातीको काम सकेर खाना साँझ खान खाई छोरा छोरीलाई संगै सुताउँदै विदेशमा रहेका श्रीमानलाई एक झल्को सम्झेर अनेक सपना सजाएकी दिवु्रङ्गकी आशा सार्कीले सायद मध्ये रातमा पहिरोले पुर्दा सम्म पनि श्रीमान संगकै मिठो सपनामा थिईन होला ।
निद्रामा पहिरोले च्याँपेको सम्म पनि उनले थाह नपाएको हुन सक्छ भन्ने कुरा एउटै विस्तरामा आमा संग छातीमा लुटपुटिदै निदाएका छोरा छोरीहरुको दृश्यले देखाउँछ । गए राती दिव्रुङ्ग ३ मा पहिरोले पुरेर एकै परिवारका तिन जनाको मृत्यु घटनाको दृश्य निकै कहाली लाग्दो छ । खड्गबहादुर बैदेशिक रोजगारका लागि साउदी अरव पुगेका छन् ।
यता उनकी ४० वर्षिया श्रीमति आशा, १० वर्षिय छोरा गगन र ४ वर्षिया छोरी ईन्दुको गए राती घर माथीबाट आएको पहिरोले पुरेर मृत्यु भयो । अर्की ११ वर्षिया छोरी सुष्मा र ३ वर्षिया छोरी भने भागेर वाँच्न सफल भएका छन् । आमा संगै सुतेका दाजु र दिदी आमा संगै सधैका लागि नदिएर वरु हाईसुख्ख भए जस्तो लागि रहेको छ यति वेला ति अवोध तिन वर्षिया वालिका र उनका दाजुलाई । उनीहरुले नचाहेर पनि आमा र उनका एक दाजु र वहिनीलाई मानिसहरुले उठाएर अन्तयष्टी स्थलतिर लैजाँदै छन् ।
अब एक मात्र आश ती विदेशमा रहेका वालु कहिले आउने हुन भन्ने दिन पल्पल गनेर बसेका छन उनीहरु । यति बेला त्यहाँ शान्तिपुर ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उद्धार कार्य जारी राखेको छ ।
0 comments:
Post a Comment